समाचारबुधबार, साउन २४, २०६९
राष्ट्रपतिले संवैधानिक कदम चाल्नु पर्ने नेमकिपा अध्यक्षको धारणा

रफत सचार क्लबले २४ साउनमा आयोजना गरेको अन्तकिर्या कार्यक्रममा अध्यक्ष बिजुक्छेले भने, ‘देश सङ्कटमा परेका बेलामा देशलाई निकास दिनुपर्नेमा राष्ट्रपतिले बाँसुरी बजाएर बस्नुभएको छ यसरी बस्नु हुँदैन ।’
विजुक्छेले देशको शान्तिसुरक्षा अस्तव्यस्त रहेको र आर्थिक अवस्था डाँवाडोल भएको बेलामा दलहरुले बालुवाटार घेरेर प्रधानमन्त्रीलाई राजीनामा गराउन बाध्य पार्नुपर्ने उल्लेख गरे । उनले पछिल्लो समयमा देश र जनताको समस्या समाधान हुनाको साटो अस्थिरता बढ्दै गएकाले संविधानसभा संसद् नरहेको अवस्थामा राष्ट्रपतिले कदम चाल्नाको एक मात्र विकल्प भएको बताए । रासस
