समाचारआइतबार, माघ २६, २०७०

कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने एमाले निर्णय

हिमालखबर

२६ माघमा बसेको एमाले स्थायी समितिको बैठकले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई सघाउने र आफू पनि सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

संविधानसभा भवनमा बसेको स्थायी समिति बैठकको निर्णय सुनाउँदै एमाले अध्यक्ष झलनाथ खनालले निर्वाचनको मत परिणाम अनुसार पनि दुवै पार्टी मिलेर सरकार बनाउनु पर्ने भन्दै कांग्रेससँग सहमतिका लागि ‘प्याकेज’ को निर्माण गर्न लागेको सञ्चारकर्मीलाई जानकारी गराए ।

“संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसको नेतृत्वमा गठन हुने सरकारलाई एमालेले समर्थन गर्छ र सरकारमा सहभागी हुन्छ ।” खनालले भने ।

एमालेले नयाँ जनादेश अनुसार राष्ट्रपतिको निर्वाचन गर्नु पर्ने अडान राखेको थियो भने कांग्रेस राष्ट्रपति निर्वाचनको विपक्षमा छ ।

२७ माघमा नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा निर्वाचन हुने कार्यक्रम तय भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>