समाचारआइतबार, माघ २६, २०७०

प्रधानमन्त्रीका लागि कोइरालाको मनोनयन दर्ता, पौडेलको प्रस्तावमा ओलीको समर्थन

हिमालखबर

२६ माघमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार गठन सम्बन्धमा ६ बुँदे सहमति भएपछि नेपाली कांग्रेस सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालाको नेतृत्वमा सरकार गठन हुने लगभग पक्का भएको छ ।

आजै बसेको एमाले स्थायी समितिको बैठकले कांग्रेस नेतृत्वको सहभागी हुने निर्णय गरेको हो । त्यस लगत्तै नेपाली कांग्रेस र एमाले शीर्ष नेताहरुबीच भएको बैठकले ६ बुंदे सहमति गरेको हो ।

सहमतिमा नेपाली कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्ने, वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई व्यवस्थापिका संसदबाट अनुमोदन गराउने लगायतका बुँदा रहेको एमाले महासचिव इश्वर पोखरेलले जानकारी दिए ।

कोइरालाको मनोनयन दर्ता

नेपाली कांग्रेस सभापति सुशील कोइरालाले २७ माघमा हुने प्रधानमन्त्रीको निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । कोइरालाको प्रस्तावकमा उपसभापति रामचन्द्र पौडेल प्रस्तावक छन् भने एमाले नेता केपी ओली समर्थक छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>