समाचारसोमबार, माघ २७, २०७०

आज कोइराला प्रधानमन्त्री बन्दै

हिमालखबर

प्रधानमन्त्रीको निर्वाचनका एक्ला उम्मेदवार कांग्रेस सभापति सुशील कोइराला नेकपा एमालेलगायतका दलहरुको समर्थनमा नयाँ प्रधानमन्त्री बन्ने करिब–करिब निश्चित भएको छ ।

आज २७ माघमा व्यवस्थापिका संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनले मात्रै पनि कोइरालालाई प्रधानमन्त्री हुन आवश्यक बहुमत पुग्नेछ ।

२६ माघ साँझ नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुंदे सहमति भएपछि कोइराला प्रधानमन्त्री बन्ने बाटो खुल्ला भएको हो । जुन सहमति अन्तर्गत राष्ट्रपति र उपराष्ट्रपतिलाई नयाँ संसदबाट अनुमोदन गराउने, संविधानसभा अध्यक्ष एमालेका तर्फबाट बनाउने र संविधान निर्माणपछि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलगायतका पदहरुको निर्वाचन गर्ने भन्ने छ ।

‘दुई दलीय अहंकार’
प्रधानमन्त्री र संविधानसभा अध्यक्ष जस्ता पदहरुमा नेपाली कांग्रेस र नेकपा एमालेबीच बाँडफाँड भएपछि संविधानसभामा तेस्रो ठूलो दल नेकपा माओवादीले त्यसलाई ‘दुई दलीय’ अहंकार भनेको छ ।

प्रमुख प्रतिपक्ष बन्ने निर्णय गरेको एमाओवादीले संविधानसभा अध्यक्ष पदमा आफ्नो दाबी प्रस्तुत गरेको थियो । तर, पद बाँडफाँड मा भएको कांग्रेस–एमाले सहमतिपछि बीबीसीसँग कुरा गर्दै एमाओवादीका नेता एवम् पूर्व प्रवक्ता अग्नि सापकोटाले उक्त सहमतिलाई ‘दुई दलीय अहंकार’ भनेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>