समाचारसोमबार, माघ २७, २०७०

रेग्मीको चेतावनी, ‘चाँडै डिन नियुक्त नगरे अप्रिय निर्णय लिइन्छ’

हिमालखबर

प्रधानमन्त्री कार्यालयमा २६ माघ साँझ बसेको बैठकमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले डा. गोविन्द केसीको अनशन प्रकरण धेरै लम्बिसकेको भन्दै त्रिबि पदाधिकारीले सकारात्मक निर्णय नगरे आफू ‘अप्रिय निर्णय’ लिन बाध्य हुने चेतावनी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति लगायतका पदाधिकारी, चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारी, शिक्षा र गृह मन्त्री साथै सचिवहरु सम्मिलित आकस्मिक बैठकमा अध्यक्ष रेग्मीले उक्त चेतावनी दिएको आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा उल्लेख छ ।

डिन प्रस्ताव गर्ने तीन सदस्यीय समितिबाट एकले राजीनामा दिएकाले नयाँ समिति बनाएर तुरुन्तै डिन प्रस्ताव गर्न उनले निर्देशन दिएको रेजिडेन्ट डक्टर्स एशोसियसनका अध्यक्ष किशोर खनालले बताए । रेग्मीले त्रिवि पदाधिकारीलाई सोमबार विहानसम्म डा. केसीको अनशनको समाधान नगरे आफू पाइला चाल्न वाध्य हुने चेतावनी दिएका थिए ।

शिक्षामन्त्री माधव पौडेलले डिन लगायतका कुनै नयाँ नियुक्ति नगर्न पहिले नै निर्देशन दिएको भए पनि डा शशी शर्मालाई नियुक्त गरी मन्त्रालयको निर्देशनको अवहेलना गरेकाले हालको प्रतिकुल अवस्था सृजना भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>