थप समाचारसोमबार, माघ २७, २०७०

विपक्षमा मतदान गर्नुपर्दा दुख लागेको छः कमल थापा

हिमालखबर

प्रधानमन्त्रीको निर्वाचन हुनु अघि विशेष समय लिएर व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक वर्षभित्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखको आयू एकवर्ष तोकेर मुलुकलाई तदर्थबाद तर्फ लगेको आरोप लगाउँदै यसले मुलुकमा स्थायीत्व दिन नसक्ने दावी गरे ।

उनले राष्ट्रपतिको आयू चालक अनुमति पत्रको म्याद नविकरण गरे जस्तो भएको भन्दै संविधानसभाको अधिकारको हनन् भएको दावी गरे ।

थापाले कांग्रेस र एमालेबीच भएको सहमति बारे जानकारी नदिएर संसदलाई गुमराहमा राखिएको र निर्वाचन प्रक्रिया नै असम्बैधानिक भएको दाबी गर्दै आफूले चाहेर पनि कोइरालालाई समर्थन नगर्ने बताए ।

उनले भने, “सुशील कोइरालाई हेर्दा कसलाई भोट हालौं लाग्दैन, तर भोट हालौं हालौं लाग्दा पनि सैद्धान्तिक र संवैधानिक कारणले विपक्षमा मतदान गर्ने निर्णयमा पुग्यौं ।”

थापाले थपे, “सुशीलजी भद्र र असल भएपनि विपक्षममा मतदान गर्नुपरेकोमा दुस्ख लागेको छ ।”

अघिल्लो संविधानसभाको कामको स्वामित्व लिने सहमतिको विरोध गर्दै उनले भने, “कांग्रेस र एमालेले स्वामित्व ग्रहण गर्न सक्छन् । तर, सार्वभौम संसदको अधिकारलाई कुन्ठित गर्ने अधिकार छैन ।”

उनले कांग्रेस र एमालेले सरकार गठनका लागि गरेको ७ बुँदे सहमतिले संविधानसभालार्इ रबरस्ट्याम्प बनाउने प्रयास गरेको पनि आरोप लगाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>