समाचारसोमबार, माघ २७, २०७०
प्रधानमन्त्री चुनावमा कुन दल कता
व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले सहित १२ दलले कोइरालाको पक्षमा मतदान गरेका हुन् । कोइरालाको पक्षमा कांग्रेस, एमाले, राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल परिवार दल, दलित जनजाति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), समाजवादी जनता दल, स्वतन्त्र सभासद लगायतले मतदान गरेका हुन् ।
एमाओवादी नेतृत्वको गठबन्धन, राप्रपा नेपाल सहितका साना दलले भने कोइरालाको विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्ने दल एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, तमलोपा, फोरम नेपाल, सदभावना पार्टी, संघीय समाजवादी पार्टी, नेमकिपा, राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी, फोरम गणतान्त्रिक, नेपाः राष्ट्रिय पार्टी, संघीय सदभावना पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा लगायतका छन् ।
संसदमा उपस्थित कूल सदस्य संख्या ५५३ मध्ये ४०५ मत कोइरालाको पक्षमा र १४८ मत विपक्षमा परेको छ ।
