समाचारसोमबार, माघ २७, २०७०

कोइरालालाई प्रधानमन्त्री बनाउने सहमति असंवैधानिकः दाहाल

हिमालखबर

एमाओवादी अध्यक्ष दाहालले दुई दलबीच भएको सहमति असंवैधानिक भएको टिप्पणी गरेका छन् । व्यवस्थापिका संसदको २७ माघमा बसेको बैठकबाट बाहिरिने क्रममा उनले कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन दुई दलबीच भएको सहमति असंवैधानिक भएको टिप्पणी गरेका हुन् ।

पत्रकारको प्रश्नमा उनले भने, “कांग्रेस–एमालेबीच भएको सहमति संवैधानिक छैन ।” एमाओवादीले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति सुशील कोइरालाको विपक्षमा मतदान गरेको थियो ।

राजनीतिक सहमतिः खनाल

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भने दुई दलबीच राजनीतिक सहमति भउको प्रतिक्रिया दिए । बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग उनले दुई दलबीच राजनीतिक सहमति भएकाले त्यसका लागि संविधान संशोधन गरेर अघि बढ्ने बताए ।

उनले भने, “संविधानमा भएका कतिपय बुँदामा राजनीतिक सहमतिकै आधारमा संशोधन गरिन्छ, त्यसकारण हाम्रो सहमति असंवैधानिक होइन ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>