समाचारमंगलबार, माघ २८, २०७०

रेग्मीले राष्ट्रको नाममा संबोधन गर्दै

हिमालखबर

मन्त्रिपरिषद अध्यष रेग्मीले २८ माघ दिउँसो एक बजे राष्ट्रको नाममा संबोधन गर्ने भएका हुन् । सुशील कोइरालाले प्रधानमन्त्रीको सपथग्रहण गरेलगत्तै आफ्नो कार्यकाल सकिने भएकाले विदा हुनु अघि उनले संबोधन गर्न लागेका हुन् ।

उनले सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको हलबाट संबोधन गर्ने उनका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए । राजनीतिक दलहरुबीच आपसी सहमति हुन नसकेपछि १ चैत २०६९ मा प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा पूर्वप्रशासक सम्मिलित सरकार गठन भएको थियो ।

रेग्मीले जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गरेर आफूले जिम्मेवारी पूरा गरेको उल्लेख गर्ने छन् । उनले सर्वोच्च अदालतमा फर्कने–नफर्कने निर्णय एक–दुई दिनभित्रै गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>