थप समाचारमंगलबार, माघ २८, २०७०
ललितपुरका युवक वीरगञ्जमा पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गण्डक अस्थायी प्रहरी पोष्टको २७ माघ राति वीरगञ्जबाट काठमाण्डौंतर्फ जांदै गरेको ना ३ ख ३३२७ नम्बरको बसमा सवार ललितपुरको गोटीखेल बस्ने २२ वर्षीय राम घिमिरेको साथबाट ४ किलो ३०० ग्रामे चाँदीका गहना र सामसुंग ग्यालेक्सी डुओज ब्राण्डको बीस थान मोबाइल सेट वरामद गरेको हो ।
उनले भारतबाट भन्सार छली अवैध तरिकाले गहना र मोबाइल भित्र्याएको प्रहरीको भनाई छ ।
वरामद गहनाको बजार मूल्य दुई लाख २५ हजार र मोबाइल सेटको मूल्य दुई लाख ६० हजार रुपैंया रहेको प्रहरीले जनाएको छ ।
घिमिरेलाई पक्राउ गरी राजश्व अनुसन्धान विभाग क्षेत्रीय कार्यालय पथलैयामा पठाईएको पर्सा प्रहरीले बताएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
