समाचारमंगलबार, माघ २८, २०७०

डाक्टरहरुले परिचयपत्र जलाए

हिमालखबर

परिचयपत्र जलाउँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकहरु । तस्वीर: देवकी बिष्ट

शिक्षण अस्पताल महाराजगञ्जलाई स्वायत्त निकायको घोषणा गर्दै आन्दोलनरत चिकित्सकहरुले आफ्नो परिचयपत्र जलाएका हुन् । शिक्षण अस्पतालको ‘साइन बोर्ड’ मा लेखिएको ‘त्रिवि’ र विश्वविद्यालयको लोगो समेत उनीहरुले मेटाएका छन् ।

यसअघि शीतलनिवासमा प्रधानमन्त्री सुशील कोइरालाको सपथग्रहण भइरहेका बेला अनशनरत प्राडा गोविन्द केसीको माग पूरा गर्न दबाबस्वरुप प्रदर्शन गरेका चिकित्सकहरुले त्यहाँबाट फर्केर शिक्षण अस्पताल स्वायत्त भएको घोषणा गर्दै ‘त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान’ लेखिएको आफ्नो परिचयपत्र जलाएका हुन् । उनीहरुले  ‘स्वायत्त विश्वविद्यालय,  शिक्षण अस्पताल ’ लेखिएको नयाँ परिचयपत्र समेत बनाएका छन् ।

त्रिविले चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्ति नगरेको, भ्रष्टाचारको आरोप खेपिरहेका डा. रतिन्द्र श्रेष्ठलाई निर्देशक बनाएको र मेडिकल माफिया र राजनीतिक साँठगाँठमा त्रिवि पदाधिकारीहरुले चिकित्सा क्षेत्रलाई ध्वस्त पार्ने काम गरिहेको भन्दै उनीहरुले शिक्षण अस्पताललाई त्रिविबाट स्वतन्त्र गराइएको घोषणा गरेका छन् ।

चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता र कार्यक्षमताका आधारमा चाँडै डिन नियुक्तिको माग गर्दै वरिष्ठ चिकित्सक डा गोविन्द केसी चार दिनदेखि आमरण अनशनमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>