समाचारमंगलबार, माघ २८, २०७०

प्रधानमन्त्रीद्वारा पहिलो निर्णयमा हस्ताक्षर

हिमालखबर

२८ माघ दिउँसो राष्ट्रपतिबाट सपथग्रहण गरेलगत्तै प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरेका प्रधानमन्त्री सुशील कोइरालाले ५ हजार रुपैयाँ भन्दा बढीको भुक्तानी दिंदा वेबसाइटमा सूचना राखेपछि मात्रै भुक्तानी दिने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

यसअघि कोइरालाले शहीद गेट पुगेर शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनलाई मुख्य सचिव लिलामणी पौडेललले प्रधानमन्त्री कार्यालयमा स्वागत गरे ।

२७ माघमा व्यवस्थापिका संसद् सदस्यहरुको दुई तिहाई बहुमतबाट निर्वाचित प्रधानमन्त्रीले बिना बिभागीय मन्त्रीको रुपमा कांग्रेस नेता रामशरण महतलाई सपथ ग्रहण गराएका थिए ।

उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति लागु गरिने बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>