समाचारबिहीबार, साउन २५, २०६९
सेनापति गुरुङद्धारा राणालाई कार्यभार हस्तान्तरण
सेवानिवृत्त हुनुभन्दा एक महिनाअघि सेना प्रमुख विदामा बस्ने प्रचलन अनुसार २४ भदौमा सेवानिवृत्त हुने सेनापति गुरुङले कायममुकायम सेनापति राणालाई २५ साउनमा सैनिक मुख्यालयमा आयोजित एक कार्यक्रममा कार्यभार हस्तान्तरण गरेका हुन् । गुरुङ २६ साउनमा विदा बस्दैछन् ।
सरकारले नेपाली सेनाका बरिष्ठ रथी राणालाई गएको १७ साउनमा कायम मुकायम प्रधानसेनापति नियुक्त गरेको थियो । एक महिना कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने राणा आगामी २४ भदौमा स्वतः प्रधानसेनापतिमा पदोन्नति हुनेछन् । सेनापति गुरुङले भावी सेनापति राणाको पदोन्नति तथा नियुक्तिका लागि २५ साउनमै रक्षा मन्त्रालयमा सिफारिश पत्र पठाएका छन् ।
रामेश्वर बोहरा
