समाचारशुक्रबार, साउन २६, २०६९

प्रतिपक्षी दलसम्बद्ध युवाहरुद्वारा सिंहदरबार घेराउ

हिमालखबर

मुलुकको वर्तमान राजनीतिक र संवैधानिक सङ्कट अन्त्य गर्नुपर्ने, चाँडोभन्दा चाँडो राजनीतिक सहमति कायम गरी राष्ट्रिय सरकार गठन गर्नुपर्ने र राष्ट्रियताको संरक्षणका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै २६ साउन बिहान ९ बजेदेखि ११ बजेसम्म सिंहरदरबार घेराउ गरिएको युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले जानकारी दिए ।

‘सिंहदरबार घेराउ’का कारण त्यसवरपरका कार्यालयमा जाने कर्मचारी तथा कामविशेषले सिंहदरबार जाने सर्वसाधारणसमेत प्रभावित भएका थिए भने सरकारी गाडी पूर्वी ढोकाबाट भित्र लगिएका थिए ।

राष्ट्रियताका सवालमा वर्तमान सरकार अहिलेसम्मकै कमजोर साबित भइसकेको ठहरसमेत गर्दै ती दलले सङ्कटपूर्ण अवस्थाबाट मुलुकलाई बचाउन वर्तमान सरकारले मार्गप्रशस्त गर्नुपर्ने ठहरसमेत गरेको छ । घेराउ गर्ने कार्यक्रम सकिएपछि दिउँसो बैठक बसेर संयुक्त आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जनाइएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>