समाचारबुधबार, माघ २९, २०७०
एमालेलाई गृह दिने सहमति भएकै छैनः कोइराला
प्रधानमन्त्री कोइरालाले नेकपा एमालेलाई गृह मन्त्रालय दिने कुनै सहमति नै नभएको बताएका हुन् । संविधानसभाको २९ माघमा बसेको बैठक पछि पत्रकारसँग कुरा गर्दै उनले भने, “एमालेलाई गृह मन्त्रालय दिने कुनै सहमति भएको छैन ।”
उनले केही दिनभित्रै सरकारले पूर्णता पाउने दावी गरे । बिना विभागीय मन्त्री रामशरण महतले पनि गृह मन्त्रालयलाई एमालेलाई दिने बारे कुनै सहमति नभएको जिकिर गरे ।
उनले भने, “गृहमन्त्रीमा कांग्रेस र एमाले दुवैको दावी छ, तर एमालेलाई दिने सहमति भएकै छैन ।”
