समाचारबुधबार, माघ २९, २०७०

धोका दिए कांग्रेसकै दुर्भाग्यः खनाल

हिमालखबर

एमाले अध्यक्ष खनालले असहमति, बेइमानी र धोकाको कुरा भए कांग्रेसकै लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिएका हुन् । संविधानसभाको २९ माघमा बसेको बैठकबाट बाहिरिने क्रममा उनले भने, “सहमति कार्यान्वयन गर्न कांग्रेसलाई पशुपतिनाथले सदबुद्धि दिउन् ।”

उनले गृह मन्त्रालय एमालेलाई दिने सहमति भएको पनि दावी गरे । “केही लिखित र केही मौखित सहमति भएका छन्,” उनले भने, “सहमतिमा कार्यान्वयनमा कांग्रेस जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ ।”

एमाले अहिले पनि सहमतिकै पक्षमा रहेको बताउँदै उनले कांग्रेस सहमतिबाट पछि हटेको आरोप लगाए । सहमति बिना देशले संविधान पाउन नसक्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>