समाचारबुधबार, माघ २९, २०७०

कांग्रेस–एमाले मिलेर अघि बढ्नुपर्नेमा साना दलको जोड

हिमालखबर

साना दलले कांग्रेस–एमाले मिले मात्र लोकतान्त्रिक संविधान बढ्ने भएकाले सानातिना समस्यामा नअल्मलिन सुझाव दिएका छन् । सरकारलाई समर्थन गर्ने काग्रेस बाहेकका दलको बैठकमा साना दलले मन्त्रालयको बाँडफाँड लगायतका मसिना समस्या नअल्झिन सुझाव दिएका हुन् ।

गर्ने एमाले संसदीय दलको कार्यालयमा २९ माघमा बसेको बैठक पछि राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले जनतासामु गरेका प्रतिवद्धता पूरा गर्न सुझाव दिएको बताए । कांग्रेस–एमाले नमिले संविधान बन्न नसक्ने भएकाले सहकार्य गरेर अघि बढ्न साना दलले सुझाव दिएका छन् ।

केसीले दुई दल सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताएको जानकारी दिए । बैठकमा एमाले नेताहरुले कांग्रेस र एमालेबीच भएको सहमतिको बारेमा साना दललाई जानकारी गराएका थिए ।

उनीहरुले गृह मन्त्रालय दिने सहमति भए पनि कांग्रेसले धोका दिएको जिकिर गरेका थिए । बैठक पछि एमाले नेता वामदेव गौतमले कांग्रेससँग विभिन्न चरणमा भएको मौखिक र लिखित सहमतिको कांग्रेसले पालना नगरेको आरोप लगाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>