समाचारबुधबार, माघ २९, २०७०

गृह मन्त्रालय एमालेलाई दिनुपर्छः नेतृ कोइराला

हिमालखबर

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब ।

कांग्रेस नेतृ कोइरालाले संविधान निर्माणको जिम्मेवारी पूरा गर्नुपर्ने समयमा एमालेसँग भएको सहमति अनुसार गृह मन्त्रालय दिँदा फरक नपर्ने बताएकी छन् । रिपोर्टस क्लबले २९ माघमा गरेको कार्यक्रममा उनले एमालेसँग सहमति गरेर गृह मन्त्रालय नदिई धोका दिने कामले कांग्रेसकै छवी बिग्रने चेतावनी दिइन् ।

“एमालेसँग भएको सहमति कांग्रेसले पालना गर्नु पर्छ,” उनले भनिन्, “सहमति गरेर त्यसलाई कार्यान्वयन नगरी राजनीतिमा बेईमानी गरे त्यसले कांग्रेसलाई नै असर पार्छ ।” उनले संविधान निर्माण गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएकोले एमालेसहित सबै दलहरुलाई साथ लिएर जान सक्नुपर्ने बताइन् ।

“अहिले मन्त्रालयको विवादमा अल्झिदाँ संविधान नबन्ने खतरा हुन्छ,” उनले भनिन् । उनले कांग्रेसले धेरै माथि उठेर निर्णय गर्नुपर्नेमा पनि जोड दिइन् ।

गृह मन्त्रालयको विषयमा पार्टी भित्रबाटै षडयन्त्र भईरहेको भन्दै उनले त्यसलाई चिर्दै प्रधानमन्त्रीले आफै निर्णय लिएर अघि बढ्नु पर्ने बताइन् । “सहमति कार्यान्वयन गर्दा पार्टीभित्र वा बाहिरबाट कसले के गर्छ भन्ने कुराको अर्थ हुँदैन,” उनले भनिन्, “अब प्रधानमन्त्रीले एमालेलाई गृह मन्त्रालय दिएर अघि बढ्नुको विकल्प छैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>