थप समाचारबिहीबार, फाल्गुण १, २०७०
नक्कली भारु सहित दुई व्यक्ति पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले नक्कली भारतीय रुपैयाँ सहित दुई व्यक्तिलाई वीरगञ्जमा पक्राउ गरेको छ । वीरगञ्जको ठाकुरराम बहमूखी क्याम्पस अगाडि १ हजार दरका १ सय ८७ वटा नक्कली नोटसहित २९ माघ सांझ वीरगन्ज १३ घडिअर्वामा अल्मूनियमको ब्यवसाय गर्ने २२ वर्षीय अङ्गद शर्मा र भारतको सितामढी बैरगनिया घरभई घडिअर्वा पोखरीमा गार्डको काम गर्ने २५ वर्षीय जितेन्द्र सिंह पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट प्रहरीले १ लाख ८७ हजार नक्कली भारुका साथै तथा ४ थान मोबाईल समेत फेला परेकोे छ ।
बिम्मी शर्मा, वीरगञ्ज
