समाचारशनिबार, साउन २७, २०६९

सत्ताधारी र प्रतिपक्षी नेताहरू एउटै मञ्चमा

हिमालखबर

नेकपा-माओवादीले २७ साउनमा आयोजना गरेको कार्यक्रममा प्रायः सबै दलका नेताहरू सहभागी भएका थिए । वर्तमान राजनीतिक संकट निकास विषयक अन्तरक्रिया कार्यक्रममा नवगठित माओवादी अध्यक्ष मोहन वैद्यले कार्यपत्र प्रस्तुत गरेका थिए । वैद्यले विगतमा संविधानसभाले काम पूरा गर्न नसकेकाले गोलमेच सम्मेलन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै अवस्थामा कांग्रेस नेतृत्वको सरकार आफूहरूलाई मान्य नहुने बताए । उनले पाचबुदे सहमतिअनुसार अघि बढ्ने हो भने मात्रै आफूहरू कांग्रेसको नेतृत्वमा सरकार बनाउन तयार हुने बताए । संविधानसभा विघटनअघि दलहरूबीच भएको पाचबुदे सहमतिमा संविधानका विवादित विषयमा सहमति भइसकेपछि कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने उल्लेख थियो ।

कार्यक्रममा नेकपा एमाले अध्यक्ष झलनाथ खनालले नया“ ढंगबाट सहमति गरेर चुनावी सरकार बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री बाबुराम भट्टर्राईको राजीनामा आफूहरूको न्यूनतम शर्त भएको खनालको भनाइ थियो ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सरकारको कार्यशैलीका कारण मुलुक राजनीतिक संकटमा फस्दै गएको बताए । उनले चुनाव गर्ने संवैधानिक बाटो नभएकाले कांग्रेसको नेतृत्वमा सहमतिको सरकार बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी साना दलका नेताहरूले प्रमुख दलले सहमतिका नाममा जनतालाई धोका दिएको तथा सरकारले जनताका न्यूनतम आवश्यकता समेत पूरा गर्न नसकेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>