समाचारबिहीबार, फाल्गुण १, २०७०
कोइरालाको कम अनुभवले समस्याः देउवा
काग्रेसका वरिष्ठ नेता देउवाले प्रधानमन्त्री कोइरालासँग संयुक्त सरकार चलाउने अनुभव नभएकाले समस्या आएको बताएका हुन् । राजधानीमा १ फागुनमा नेपाल स्वास्थ्य व्यवसायी महासंघको नवौं वार्षिकोत्सवको उदघाटन गर्दै उनले भने, “सुशील जीको संयुक्त सरकार चलाउने अनुभवको कमीले समस्या उत्पन्न भएको हो ।”
उनले सरकार गठनमा देखिएको विवाद बिस्तारै समाधान हुँदै जाने विश्वास व्यक्त गरे । एक÷दुई दिनभित्रै सरकार गठनमा देखिएको विवाद अन्त्य हुन्छ,” उनले भने, “एमाले सरकारमा सामेल हुन्छ ।”
कार्यक्रममा उनले नयाँ संविधान निर्माणमा स्वास्थ्य, शिक्षालाई आधारभूत आवश्यकताका रुपमा व्याख्या गरी राज्यले नै ती सुविधा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
रासस
