थप समाचारबिहीबार, फाल्गुण १, २०७०
राष्ट्रिय औद्योगिक प्रदर्शनीको आकर्षण (सात तस्वीर)
घरेलु तथा मझौला उद्योगहरुको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले १ फागुनदेखि चितवनको भरतपुरमा प्रदर्शनी शुरु भएको छ । चितवन उद्योग संघले आयोजना गरेको प्रदर्शनी ८ फागुनसम्म चल्नेछ । प्रदर्शनीमा तीन सय स्टल छन् ।
प्रदर्शनीमा घरेलु तथा हस्तकलाका सामग्रीका साथै औद्योगिक उत्पादनहरुको स्टल राखिएका छन् । लघु तथा घरेलु, साना तथा मझौला उद्यमी, व्यवसायिक कृषि उत्पादक, पोल्ट्री, माछा, मह, दुग्ध व्यवसायी, महिला उद्यमी, हस्तकला, मेशिनरी उत्पादक र ठूला औद्योगिक प्रतिष्ठानको प्रदर्शनीमा उपस्थिति छ ।
परम्परागत रुपमा हल गोरुबाट उखु पेल्ने प्रविधि, सुधारिएको हाते तान, चेपाङ समुदायले बनाएको डोको, भकारी, नाङलोकासाथै नेपालको चिनारी दिलाउने हस्तकलाका सामग्रीले धेरैको मन छान्छ । प्रर्दशनीमा दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको प्रदर्शनीस्का प्रचार–प्रसार संयोजक राजु पौडेलले बताए ।
प्रदर्शनीको बिना विभागीय मन्त्री रामशरण महतले उदघाटन गरे । उदघाटन अघि भरतपुर नगर परिक्रम सहित शोभायात्रा गरिएको थियो ।
शब्द/तस्वीरः सविता श्रेष्ठ




