समाचारशनिबार, साउन २७, २०६९

संघीयताको मुद्दा चुनावबाट फैसला गरौं: एमाले सचिव पोखरेल

हिमालखबर

एमाले नवलपरासीले २७ साउनमा बर्दघाटमा गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले दलहरुबीच सहमति हुन नसकेको विषय जनतामा लैजान उचित हुने बताएका हुन । उनले एमाओवादीले एकल जातीय पहिचान र आफूहरुलॆ बहुजातीय पहिचानको अडान छोड्न नसक्दा सहमति बन्न नसकेको बताए । एक सयभन्दा बढी जातजाति बस्ने मुलुकमा जातीय प्रदेश सम्भव नभएकाले आफूहरु एकल पहिचान सहितको संघीयताको पक्षमा नरहेको उनले उल्लेख गरे ।

प्रशिक्षण कार्यक्रममा नेता पोखरेलले लोकतान्त्रिक संरचना समाप्त पारेर प्रधानमन्त्री बाबुराम भट्टराई नयाँ जङ्गबहादुर राणा बन्न खोजेको आरोप लगाए । संवैधिानिक निकायहरु पदाधिकारी बिहिन हुने अवस्थामा पनि मुलुकप्रति गम्भीरता नदेखाउनु भट्टराईको तानाशाह बन्ने मानसिकता भएको उनको भनाई थियो ।

मधेशमा सम्पुर्ण मधेशी दलहरुको मत आफ्नो पार्टीको मतदाता बढी रहेको बताउँदै पोखरेलले मधेशी जनतालाई ठगी गरिरहेको मधेशी ठेकेदारहरुको भण्डाफोर गर्दै एमालेले मधेशमा जनअभियान संचालन साचालन गर्ने बताए । एक मधेश एक प्रदेश मधेशी जनताकै हितमा नभएको पोखरेलको दाबी छ ।

विद्रोही गिरी, नलवपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>