समाचारशुक्रबार, फाल्गुण २, २०७०

चिकित्सकद्वारा संविधानसभा घेराउ

हिमालखबर

प्राडा केसीको माग पूरा हुनुपर्ने भन्दै चिकित्सक, विद्यार्थी र उनका समर्थकहरुले संविधानसभा भवन अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले राजधानीस्थित माइतीघर मण्डलाबाट जुलुश प्रदर्शन गर्दै  संविधानसभा भवन नयाँ बानेश्वर पुगी केही बेर घेराउ समेत गरेका छन् ।

१४ फेब्रुअरी भ्यालेन्टाइन डेका दिन जुलुश प्रदर्शन गरेका चिकित्सकहरुले हातमा गुलाब बोकेरै संविधानसभा सदस्यहरुलाई केसीका मागप्रति ध्यानाकर्षण गराएका हुन् ।

चिकित्सकहरुको  प्रदर्शनमा सर्वसाधारणले पनि ऐक्यवद्धता जनाएका छन् ।

केसीको माग पूरा हुनुपर्ने भन्दै चिकित्सक संघ, प्राध्यापक संघ, रेसिडेन्सियल डक्टर्स एसोसिएसन र मेडिसिन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन आन्दोलनमा छन् ।

उनीहरुको २७ माघमा बसेको संयुक्त बैठकले केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा बाहेकका ओपीडी सेवाहरु बन्द गरेका छन् ।
देबकी विष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>