समाचारशुक्रबार, फाल्गुण २, २०७०

कोइरालाले लखेटेः वामदेव गौतम

हिमालखबर

नेकपा एमाले र नेपाली कांग्रेसबीच शक्ति बाँडफाँड सम्बन्धमा कुरा नमिलेर मन्त्रिपरिषद विस्तार हुन नसकेपछि सरकारलाई धन्यवाद दिने प्रस्ताव व्यवस्थापिका संसदमा आउने सकेन ।

सभामुख सूर्यबहादुर थापाले मन्त्रीपरिषद्ले पूर्णता नपाएका कारण बधाई तथा शुभकामना प्रस्ताव नल्याएको सञ्चारकमीलाई प्रतिक्रिया दिए ।

एमाले अध्यक्ष झलनाथ खनालले प्रस्ताव नल्याएकोमा आफूलाई अनौठो लागेको बताए । “किन त्यो एजेण्डा स¥यो बुझ्न नसकिएको गुत्थी कुरा हो,” खनालले भने, “हामीले हलो अड्काएका छैनौ सम्पूर्ण कुरा प्रमको हातमा छ, सुझबुझकासाथ मुलुकलाई कसरी बढाउछन् हेरौ ।” उनले काँग्रेसले बोलाए आफूहरु वार्तामा जान तयार रहेको समेत बताए ।

यस्तै एमाले उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री सुशील कोइराला बधाई लिन डराएको टीप्पणी गरे । गौतमले भने, “कोइरालालाई साथ दिन खोज्दा हामीलाई लखेट्नु भयो ।”

यसैबीच २ फागुनको व्यवस्थापिका संसदमा अर्थ मन्त्रालयको कार्यभार समेत सम्हालिरहेका नवनिर्वाचित प्रधानमन्त्री कोइरालाले सदनमा पेश गरेका ‘विनियोजन अध्यादेश, २०६९’ र ‘विनियोजन अध्यादेश’ २०७० सर्वसम्मतिले स्वीकृत भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>