समाचारशुक्रबार, फाल्गुण २, २०७०

आइओएमका डिन श्रीवास्तवद्वारा पदबहाली

हिमालखबर

डाक्टर गोबिन्द केसीको अनशन नरोकिएसम्म पदबहाली नगर्ने अडान लिएका आइओएमका डिन राकेशकुमार श्रीवास्तवले डाक्टर केसीकै सल्लाहमा २ फागुनमा पदबहाली गरेका छन् ।

त्रिबिले बर्खास्त गरेका पूर्व डिन डाक्टर शशी शर्मा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदलातमा रिट दायर गरेपछि श्रीवास्तवले पदबहाली गरेका हुन् ।

पदबहाली गरेपछि डिन श्रीवास्तवले तत्काल नयाँ मेडिकल कजेललाई अनुमति नदिने बताएका छन् ।
अनशनरत डाक्टर केसीको माग अनुसार डाक्टर शर्मालाई बर्खास्त गरेको त्रिविले बुधबार श्रीवास्तवलाई नयाँ डिन नियुक्त गरेको थियो ।

डाक्टर केसीले भने त्रिबिका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै अनशन जारी राखेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>