समाचारशुक्रबार, फाल्गुण २, २०७०
भारतीय नेता करण सिंह काठमाडौंमा
दक्षिण एसियाली अध्ययन केन्द्रको निमन्त्रणामा भारतीय कांग्रेस नेता करण सिंह नेपाल आएका छन् ।
भारतको चण्डीगढस्थित ग्रामीण तथा औद्योगिक विकास अनुुसन्धान केन्द्रसमेतले ३ फागुनमा काठमाडौंमा आयोजना गर्ने ‘दक्षिण एसियामा शान्ति सुरक्षा र सयोगात्मक विकास’ विषयक दुईदिने सम्मेलनमा सार्क मुलुकका ३० जना सम्बन्धित विषयका जानकारले भागलिने केन्द्रका निर्देशक डा निश्चलनाथ पाण्डेले बताए ।
भोलि नै उनको कृति ‘मेरो कथा र मिटिङ्स विथ रिमार्केवल विमेन’ सार्वजनिक गर्ने कार्यक्रम रहेको भारतीय दूतावासले आज जनाएको छ ।
२ फागुन साँझ सिंहकोे सम्मानमा यहाँस्थित भारतीय साँस्कृतिक संस्थानले विविध सांस्कृतिक कार्यक्रम आयोजना ग¥यो ।
उक्त कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्ति, सभासद्, विभिन्न राजनीतिक दलका नेता, पूर्व राजदूत, गीत सङ्गीतका पारखी, कलाकार एवम् साहित्यकारको उपस्थिति थियो ।
नेपाल मामिलासम्बन्धी जानकार मानिने करण सिंह यसअघि पनि ‘क्राइसिस’ का बेला नेपाल आएर भारत सरकारका तर्फबाट सल्लाह दिने गरेका थिए ।
