थप समाचारशुक्रबार, फाल्गुण २, २०७०
दिल्लीका मुख्य मन्त्री केजरीवालद्वारा राजिनामा
आम आदमी पार्टीबाट मुख्यमन्त्री बनेका केजरीवालले २ फागुनमा राजिनामा दिएका हुन । उनले काँग्रेसको समर्थनमा सरकार गठन गरेको
४९ दिनपछि राजिनामा दिएका हुन ।
सरकार बनाउन आफूलाई समर्थन गरेको काँग्रेसले पनि विद्येयकको विरोध गरेपछि उनले राजिनामा दिएका हुन । विद्येयकको विपक्षमा काँग्रेस र भारतीय जनता पार्टी दुबै एक ठाउँमा देखिए ।
राजिनापछि उनले दिल्लीको हनुमानरोडस्थित कार्यालयको झ्यालबाट पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै भने, “हामीले काँग्रेससँग समर्थन मागेका थिएनौं । तर जनताले जति दिन सरकार चल्छ चलाऔ, जाति काम गर्न सकिन्छ गर भनेका थिए ।”
