समाचारशनिबार, फाल्गुण ३, २०७०

प्राडा केसीले अनशन तोडे

हिमालखबर

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लाई स्वायत्त बनाउने लगायतका मागहरु सरकारले पूरा गर्ने प्रतिवद्धता जनाएपछि ८ दिनदेखि आमरण अनशनमा रहेका प्राडा गोविन्द केसीले अनशन तोडेका छन् ।

मुख्यसचिव, शिक्षा सचिव र चिकित्सक संघका अध्यक्षको उपस्थितिमा तीनजना बिद्यार्थीका हातबाट जुस खाएर केसीले अनसन तोडेका हुन् ।

संस्थानमा पदाधिकारी नियुक्तिमा हुने राजनीतिक हस्तक्षेपविरुद्ध र त्रिवि शिक्षण अस्पतालको समग्र विकाससहितका माग राख्दै केसी अनशन बसेको यो  चौथो पटक थियो  ।

सरकारले चारवटा मेडिकल कलेजलाई सम्बन्धन दिने बिषयमा त्रिविले प्रक्रिया अघि बढाएकोमा छानबिनका लागि अख्तियारलाई निर्देशन दिने प्रतिबद्धता जनाएको छ भने केसीकै माग अनुसार आइओएमलाई स्वायत्त बनाउन २१ दिनभित्र त्रिवि सभा बोलाउने भएको छ ।

त्रिवि विश्वबिद्यालयको कुलपतिको हैसियतमा प्रधानमन्त्री सुशील कोइरालाले संस्थानलाई स्वायत्त बनाउने मागसम्बन्धी प्रस्तावलाई २१ दिनभित्र त्रिवि सभामा पेश गर्न निर्देशन दिएका छन् ।

कानूनी प्रावधान र राजनीतिक समीकरणका कारण त्रिवि पदाधिकारीलाई कारवाही गर्न तत्काल असमर्थ रहेको पनि प्रधानमन्त्रीले जनाएका छन् ।

वरिष्ठताका आधारमा त्रिवि कार्यकारी परिषद्ले नियुक्त गरेको प्राडा राकेशप्रसाद श्रीवास्तवले केसीकै सल्लाहमा २ फागुनमा पदबहाली गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>