थप समाचारआइतबार, फाल्गुण ४, २०७०

संविधानसभा अध्यक्षको निर्वाचन ६ फागुनमा

हिमालखबर

कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा ४ फागुनमा बसेको संविधानसभा बैठकले संविधानसभा नियमावली २०६५ को नियम ७ (१) अनुसार अध्यक्ष र उपाध्यक्षको निर्वाचन मिति ६ फागुनलाई तोकेको छ ।

संविधानसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले कार्यतालिका सार्वजनिक गर्न मुख्य निर्वाचन अधिकृत तथा संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका छन् ।

नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई संविधानसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । २७ फागुनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिमा एमालेका उम्मेदवारलाई नेपाली कांग्रेसले सघाउने उल्लेख छ ।

तर, गृहमन्त्रालयमा दुवै दलले आ–आफ्नो अडान नछोड्दा दुई दलबीचको दूरी बढेको छ । यसैबेला एमाओवादीले अध्यक्षमा आफ्नो दलका तर्फबाट कृष्णबहादुर महरालाई अघि सारेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>