थप समाचारआइतबार, फाल्गुण ४, २०७०
हिमपातका कारण सात जिल्लाको यातायात अवरुद्ध
दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा यातायात सेवा चलेको छैन । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करिब ६ इन्च बाक्लो हिउँ जमेको छ ।
राजमार्गमा जमेको हिउँ हटाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी राजमार्गको हिउँ हटाउन खटिएका छन् ।
हुम्लामा भारी हिमपात
हुम्लामा ३ फागुनदेखि भारी मात्रामा हिमपात भइरहेको छ । सदरमुकाम सिमीकोटमा करिब चार फिट हिउँ जमेको छ ।
हिमपातका कारण बिजुलीको तार एकापसमा जुधेपछि चार दिनदेखि हिल्दुम साना जलविद्युत् अवरुद्ध भएको छ । जिल्लामा सञ्चालित मोबाइल टेलिफोन सेवा पनि बन्द भएको छ ।
नेपालगन्ज र सुर्खेतबाट हुम्लाका लागि हुने हवाई उडानसमेत हिमपातका कारण बन्द भएको छ ।

