समाचारआइतबार, साउन २८, २०६९
नेपाल विद्यार्थी संघको महाधिवेशन माघमा
यसअघि संस्थापन पक्षले २५ २६ र २७ पुस र देउवा पक्षले १६ १७ र १८ पुसका लागि महाधिवेशन गर्ने घोषणा गरेका थिए । २८ साउनमा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना महाधिवेशनबारे जानकारी दिइएको हो ।
महाधिवेशन गर्ने स्थान भने अझै टुँगो लागेको छैन । काठमाडौं, लहान, विराटनगर, नेपालगज, विरगज, झापा, पोखरा, बुटवल र धनगढीमध्ये एक ठाँउमा महाधिवेशन हुने संघले जनाएको छ । विवाद नआओस् भनेर सबै जिल्लाको अधिवेशन मंसिर ३० गते एकै पटक गरिने भएको छ ।
