थप समाचारसोमबार, फाल्गुण ५, २०७०

कांग्रेसले संविधानसभा अध्यक्षमा नेम्बाङलाई मतदान गर्ने

हिमालखबर

कांग्रेस संसदीय समिति बैठकले एमाले उम्मेदवार नेम्बाङलाई मतदान गर्ने निर्णय गरेको हो । पार्टी कार्यालय सानेपामा ५ फागुन बिहान बसेको समिति बैठकले कांग्रेस–एमालेबीचको सातबुँदे सहमतिको भावनाअनुसार नेम्बाङलाई मतदान गर्ने निर्णय गरेको हो ।

कांग्रेस संसदीय समिति बैठक निर्णयमा लेखिएको छ, “ नेपाली कांग्रेसका सभापति श्री सुशील कोइराला र नेकपा (एमाले) का अध्यक्ष श्री झलनाथ खनाल बीच मिति २०७० माघ २६ मा भएको ७ वुँदे सहमतिलाई यो बैठक अनुमोदन गर्दछ । सो सहमतिमा समावेश वुँदाहरुको कार्यान्वयनमा प्रतिवद्ध रहँदै भोलि फाल्गुण ६ गते हुन लागेको संविधानसभा अध्यक्ष/व्यवस्थापिका संसद सभामुख पदका लागि नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दछ ।”

कांग्रेसले सातबुँदे सहमति अनुसार तत्कालै सरकारमा सहभागी हुन पनि एमालेलाई आग्रह गरेको छ । “साथै, सहमति पत्रको सातौँ वुँदाप्रति ध्यानाकर्षण गर्दै मन्त्री परिषदमा अविलम्व समावेश हुने अग्रसरता लिन नेकपा (एमाले) लाई आग्रह गर्दछ,” संसदीय समिति बैठकले निर्णय गरेको छ ।

संविधानसभामा ६ फागुनमा संविधानसभा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । एमालेले अध्यक्षको उम्मेदवारमा सुवास नेम्बाङलाई अघि सारेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>