समाचारसोमबार, साउन २९, २०६९

पत्रकार महासंघको भवनका लागि सहयोग उपलब्ध गराउने अर्थमन्त्रीको प्रतिबद्धता

हिमालखबर

काठमाडौं सञ्चारग्राममा निर्माणाधीन भवनको २९ साउनमा अवलोकन गर्ने क्रममा मन्त्री पुनले सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताएका हुन् । उनले महासंघको भवन निर्माणमा सहयोगको विषय आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने आश्वासन दिए ।

महासंघका सभापति शिव गाउँलेले निर्माणाधीन भवनको नक्सासहितको लागत अनुमान प्रतिवेदन अर्थमन्त्री पुनलाई हस्तान्तरण गरेका थिए । गाउँलेद्वारा हस्तान्तरित प्रतिवेदनमा महासंघले श्यामसुन्दर निर्माण सेवा कम्पनीले दिएको छुटसहित रु. चार करोड दुई लाख ८६ हजार ३३ लागत लाग्ने उल्लेख छ । ७ भदौ २०७० सम्ममा भवन निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>