थप समाचारसोमबार, फाल्गुण ५, २०७०
जहाज दुर्घटनामा मृत्यु हुनेको शव राजधानी ल्याइदै
ढिकुरा–८ मसिनेलेकमा नेपाली सेनाको उद्धार टोलीले ५ फागुन बिहान दुर्घटनाग्रस्त जहाज फेला पारेको हो । जहाजमा सवार सबैको मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
जहाजमा चालक दलका सदस्य सहित १८ जना सवार थिए । सिम्रिक एयरको हेलिकोप्टरबाट सन्धिखर्क ल्याएको शव सेनाको हेलिकोप्टरले ५ फागुनमा काठमाडौं ल्याउँदै छ । शवको शिक्षण अस्पतालमा पोस्टमार्टम हुने छ ।
जहाजमा को-को थिए
१. शंकर श्रेष्ठ (पाइलट, हेटौंडा)
२. रवीन्द्र बन्जारा (को-पाइलट)
३. मुना महर्जन (विमान परिचारिका, काठमाडौं)
४. मानव सेजुवाल (कांग्रेस जिल्ला सभापति जुम्ला )
५. गौरी कठायत (पत्रकार, जुम्ला)
६. टेकबहादुर महतरा
७. नन्दा महतरा
८. डी महतरा
९. वर्षा हमाल न्यौपाने
१०. उमा तामाङ
११. डा विकल्प पोखरेल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख)
१२. डीपी उपाध्याय
१३. राजेन्द्रप्रसाद देवकोटा (म्यानेजर, कृषि विकास बैक जुम्ला)
१४. दीपक श्रेष्ठ (नेपाली सेनाका मेजर)
१५. डि शाही
१६ आर चौलागाइँ
१७. एम म्याथिसेन (डेनमार्कका नागरिक)
१८. बालक (बर्षा हमालका छोरा दीपु न्यौपाने)
काठमाडौंबाट ४ फागुन दिउँसो जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज पोखरामा रिफ्युलिङ गरी १२:४३ मा उडेको र १:१३ बजेदेखि सम्पर्कविहिन भएको थियो ।
सन् १९७५ मा नेपालमा ल्याइएको क्यानाडेली ट्वीनअटर DHC6 विमान नेपालमा उड्ने जहाजहरुमा सबैभन्दा पूरानो हो । यद्दपी नेपालको पर्वतीय क्षेत्रमा उडान भर्न यो जहाज राम्रो मानिन्छ ।
