थप समाचारसोमबार, फाल्गुण ५, २०७०

जहाज दुर्घटनास्थल (तस्वीरसहित)

हिमालखबर

-प्रेमनारायण आचार्य, अर्घाखाँची

४ फागुन मध्यान्हदेखि हराईरहेको नेपाल एयरलाईन्सको जहाज अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनाग्रस्त अवस्थामा ५ फागुन बिहान फेला परेको थियो । अर्घाखाँचीको ढिकुरा–८ स्थित मसिनेलेकमा ४ फागुनमा जहाज दुर्घटना भएको हो ।

तस्वीरहरुः प्रेमनारायण आचार्य

मसिनाको लेकमा क्षतविक्षत अवस्थामा शव तथा जहाजका सामानहरु फेला परेको चन्दननाथ गणका गणपति रामकाजी राना मगरले बताए ।

चन्दननाथ गण म्यालपोखरी ब्यारेकका गणपति रामकाजी राना मगरको नेतृत्वमा गएको टोली, जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक गोविन्द पन्थीको नेतृत्वमा गएको नेपाल प्रहरीको टोली र कपिलवस्तुको चन्द्रौटाबाट गएको शसस्त्र प्रहरीको टोली उद्दारमा खटिएको थियो ।

घटनाको प्रकृति हेर्दा जहाज ठोक्किएर नभई जहाजमा चट्टान परेर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको उद्दारमा खटिएका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक मिंगमार लामाले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेको शव नेपाली सेनाको हेलिकोप्टरबाट राजधानी ल्याइएको छ । सिम्रिक एयरको हेलिकोप्टरबाट सन्धिखर्कमा ल्याइएको दुर्घटनामा मृत्यु हुनेको शव सेनाको हेलिकोप्टरबाट ५ फागुन दिउँसो राजधानी ल्याइएको हो ।

दुर्घटनाको कारण थाहा हुन सकेको छैन । जहाजमा चालक दलका सदस्य सहित १८ जना सवार थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>