समाचारसोमबार, साउन २९, २०६९

बस दुर्घटनामा सात तीर्थयात्रीको मृत्यु

हिमालखबर

नेपाल–भारत सीमाक्षेत्र दशगजाबाट पाँच किलोमिटर दूरीमा रहेको भारतको सीतामढी जिल्लामा पर्ने कुम्हा गाउँमा ज१ख ६७८ नम्बरको सङ्गम ट्राभल्सको बस पुल माथिबाट पानीमा खस्दा सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

मृत्यु हुने सबैको परिचय खुली नसकेको भएपनि सबै नेपाली भएको अनुमान उद्घार कार्यमा खटिएका जिप्रका महोत्तरीको प्रहरी टोलीले गरेको छ । मृतकमध्ये पाँचजना पुरुष र दुई महिला रहेका प्रहरीले जनाएको छ ।

धनुषा जिल्लाको बालाबाखर गाउँबाट तीर्थयात्राका लागि करिब ६० जना यात्रु लिएर गएको सो बस फर्कने क्रममा दुर्घटना भएको हो । घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुरयाएको जिप्रकाका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

जसमध्ये तीनजनाको अवस्था गम्भीर भएको बताइएको छ । दुर्घटनालगत्तै गम्भीर प्रकृतिका १५ जना घाइतेलाई भारतीय प्रहरीले उद्धार गरी उपचारका लागि भारतकै मुजफ्फरपुर अस्पताल पु¥याएको जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>