समाचारमंगलबार, फाल्गुण ६, २०७०
नेम्वाङको उम्मेदवारीमा ओली प्रस्तावक, सिटौला समर्थक
संविधानसभा अध्यक्षका आज हुने निर्वाचनमा एमाले सभासद् सुवासचन्द्र नेम्वाङको उम्मेदवारीमा एमाले नेता केपी ओली प्रस्तावक र नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला समर्थक भएका छन् । दुई दलबीच २६ माघमा भएको सातबुँदे सहमतिमा नेम्वाङलाई विजयी गराउने सहमति भएको थियो ।
संविधानसभा सचिवालयले अध्यक्ष पदको निर्वाचनका लागि ६ फागुन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरेको छ ।
आजै साँझ ५ हुने निर्वाचनमा नेम्वाङलाई सर्वसम्मत विजयी बनाउन एमालेले पहल गरिरहेको छ । नेम्वाङ अघिल्लो संविधानसभामा पनि अध्यक्ष थिए ।

