थप समाचारमंगलबार, फाल्गुण ६, २०७०
एमाओवादीले सभाध्यक्षमा उम्मेदवारी नदिने
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले आफ्नो तर्फबाट कुनै पनि उम्मेदवारी नदिने निर्णय गरेको हो ।
एमाओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको तर्फबाट उम्मेदवारी नदिने तर कसलाई सर्मथन गर्ने भन्ने विषयमा अन्य राजनीतिक दलसँगको छलफलका आधारमा मात्रै निर्णय गरिने छ ।
नेपाली कांग्रेसको समर्थनमा पूर्व सभामुखसमेत रहेका सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको नेकपा एमालेले उनलाई मतदान गर्न आग्रह गरिसकेको छ ।
एमाओवादीको निर्णयपछि अध्यक्ष पदमा नेम्वाङ सर्वसम्मत निर्वाचित हुने पक्का भएको छ । सभाध्यक्षको विषयमा सो निर्णय भए पनि उपाध्यक्षको पदमा भने के गर्ने भन्नेबारेमा हाल कुनै निर्णय गरिएको छैन ।
नेता श्रेष्ठका अनुसार थप निर्णयका लागि आजै संविधानसभा भवन नयाँ बानेश्वरमा प्रधानमन्त्रीको निर्वाचनमा विपक्षमा मतदान गरेका अन्य दलहरुसँग छलफल गरिने छ ।
बहुमतीय प्रणालीबाट मतदान गर्न लागिए पनि नेम्वाङको बाहेक अरु कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्का भएको हो ।
