थप समाचारमंगलबार, फाल्गुण ६, २०७०

नेकपा–माओवादीद्वारा पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

हिमालखबर

नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)ले काठमाडौंको सिनामंगलमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हो । क्रान्तिकारीका सङ्गठन सचिव खगेश्वर केसीले ५ फागुनदेखि नै कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको जानकारी दिए ।

उनले आफ्ना केन्द्रीय सदस्य नरेन्द्र विकलाई गिरफ्तार गरी हालसम्म रिहा नगरिएकाले बाध्य भई तालाबन्दीमा उत्रिएको बताए । विश्वविद्यालयको सम्पर्क कार्यालयमा ज्ञापनपत्र बुझाउने जाने क्रममा उपकुलपति महेश्वरमान श्रेष्ठ सवार गाडीमा तोडफोड भएपछि दुई साताअघि विकलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

क्रान्तिकारीले विश्वविद्यालयभित्र प्रश्नपत्र बिक्री गरिएको, १८ महीनादेखिको परीक्षाको नतिजा प्रकाशन नगरिएको, उपकुलपति र रजिस्ट्रारबीचको विवाद समाधान नभएको लगायतका माग पनि अघि सारेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>