समाचारमंगलबार, फाल्गुण ६, २०७०
संविधानसभा अध्यक्षमा नेम्बाङ निर्विरोध
संविधानसभाको ६ फागुनमा बसेको बैठकले नेम्बाङलाई अध्यक्षमा निर्वाचित गरेको हो । संविधानसभा बैठकमा एक मात्र उम्मेदवारीको सूचना प्राप्त भएपछि नेम्बाङ निर्विरोध निर्वाचित भएको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले घोषणा गरे ।
थापाले संविधानसभाको अध्यक्ष जस्तो महत्पूर्ण पदमा निर्वाचित भएकामा बधाई दिँदै उनको नेतृत्वदायी भूमिकाबाट मुलुकको संविधान निर्माण हुने विश्वास व्यक्त गरे ।
पुनःस्थापित प्रतिनिधिसभा र अन्तरिम व्यवस्थापिका संसदको सभामुख, अघिल्लो संविधानसभा/व्यवस्थापिका संसद् अध्यक्ष तथा सभामुखको भूमिका निर्वाह गरेका नेम्बाङ चौथोपटक अध्यक्ष/सभामुखमा विजयी भएका हुन् । विसं २०४८ मा राष्ट्रिय सभाका सदस्यमा मनोनीत नेम्बाङले कानुन, न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पूरा गरेका छन् ।
रासस
