थप समाचारबुधबार, फाल्गुण ७, २०७०
प्रजातन्त्र दिवस मनाइयो
७ फागुनमा देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको हो । २००७ सालमा १०४ वर्षे जहाँनिया राणाशासनको अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष ७ फागुनमा प्रजातन्त्र दिवस मनाउने गरिएको छ । प्
दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति रामवरण यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
सार्वभौम संविधानसभाले मुलुकलाई सबै दलले प्रतिबद्धता गरेको समयभित्रै जनभावनाअनुरुपको संविधान दिन विशेष प्रण र प्रयत्न गर्नेछन् भन्ने राष्ट्रवपति यादवले विश्वास व्यक्त गरेका छन् ।
यस्तै, प्रधानमन्त्री सुशील कोइरालाले एकतन्त्रीय राणाशासनबाट मुक्त गरी मुलुकमा प्रतातन्त्र स्थापना भएको ऐतिहासिक दिनले पटकपटकको संघर्ष र बदिलानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयतासहितको शासनपद्धतिका साथै देश र जनताको हितलाई केन्द्रमा राखी अगाडि बढ्न प्रेरण दिने विश्वास व्यक्त गरेका छन् ।
