समाचारबुधबार, फाल्गुण ७, २०७०

पहिलेजस्तो हुँदैनः अध्यक्ष नेम्बाङ

हिमालखबर

७ फागुनमा शपथग्रहण गर्दै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ । तस्वीर: आनन्दराम डंगोल

७ फागुनमा पदभार ग्रहण गरेका संविधानसभा अध्यक्षले यसपटक अघिल्लो संविधानसभाजस्तो नहुने भन्दै एक वर्षभित्रै संविधान निर्माणका लागि आफूले पहल गर्ने बताएका छन् ।
आजै सपथग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका नेम्बाङले अघिल्लो संविधानसभामा भएका सहमतिलाई अहिलेको संविधानसभाले स्वामित्व ग्रहण गर्नुपर्ने बताए ।

उनले धेरै विषयमा अघिल्लो संविधानसभामा सहमति जुटिसकेकाले त्यसको स्वामित्व ग्रहण गरेर संविधान छिटै निर्माण गरिने बताए ।

———————————————————————————————————————

अध्यक्ष नेम्वाङद्वारा शपथ ग्रहण

संविधानसभाका नवनिर्वाचित अध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति डा. रामवरण यादवबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।


हिमालखबर

बुधबार , ७ फागुन २०७० ४:१० पम

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई शपथ दिलाएका छन् ।

६ फागुनको संविधानसभा बैठकबाट नेकपा एमालेका सभासद् नेम्वाङ निर्विरोध निर्वाचित भएका थिए । यसअघिको संविधानसभामा पनि उनी संविधानसभा अध्यक्ष थिए ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापा, कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, बिनाविभागीय मन्त्री डा. रामशरण महत, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका सचिवहरू, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी नियोगका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>