थप समाचारबिहीबार, फाल्गुण ८, २०७०

दारचुलाका युवाले घरमै बनाए ट्रान्सफर्मर

हिमालखबर

स्थानीय गोकुलेश्वर बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका २७ वर्षीय नरेश रावलले घरमै आवश्यक सामान मगाई आफैंले बिजुलीको ट्रान्सफर्मर निर्माण गरेका छन् ।

रावलले बनाएका ट्रान्सफर्मर अहिले बरमुडे लघुजलविद्युत्का दुईवटा पोलमा जडान गरिएका छन् । ट्रान्समिटर जडान गरिएपछि विद्युत् लाइन रातभरि बिनाअवरोध सञ्चालन भएको छ ।

ग्वानी–८ बरमुडेमा निर्माण गरिएको बरमुडे लघुजलविद्युत्मा अपरेटरको कामसमेत गर्दै आएका रावलले धनगढीबाट सामान मगाएर २० हजार मूल्यबराबरका दुईवटा ट्रान्सफर्मर निर्माण गरेको बताए ।

लघुजलविद्युत्मा काम गर्न थालेपछि बिजुलीका लाइनहरु जडान गर्न विभिन्न जिल्ला घुम्ने क्रममा उनले ट्रान्सफर्मर बनाउने सीप सिकेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>