थप समाचारबिहीबार, फाल्गुण ८, २०७०

कोइरालाले बालुवाटारको साइत गरे

हिमालखबर

ज्योतिषीबाट साइत हेराएर १०:४० बजेको ‘शुभमुहुर्त’ मा प्रधानमन्त्री सुशील कोइरालाका लुगाफाटो लगायत केही सामान सरकारी निवास बालुवाटारमा सारिएका छन् । उनी आजैबाट बालुवाटारमा सर्ने कोइरालाका स्वकीय सचिव लक्ष्मण बस्नेतले बताए ।

२७ माघमा प्रधानमन्त्रीमा निर्वाचित भए पनि कोइराला ‘शुभ–साइत’ को पर्खाइमा महाराजगञ्जबाट त्यता सरेका थिएनन् ।

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको देहावसानपछि सुशील कोइराला उनी बस्ने महाराजगञ्जस्थित भाडाको घरमा बस्दै आएका थिए । त्यसअघि कोइराला बुद्धनगरस्थित आफन्तको घरमा बस्ने गर्थे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>