थप समाचारबिहीबार, फाल्गुण ८, २०७०
दाङमा हतियारसहित दुई युवा पक्राउ
सशस्त्र प्रहरी बल तुलसीपुरबाट खटिएको बिशेष टोलीले सुराकीका आधारमा गनौरीस्थित ईट्टाभट्टा इलाकाबाट ७ फागुन राति दुईथान बन्दुकसहित मानपुर–५ का शेरबहादुर बोहरा र डुरुवा–१ का अमरराज श्रेष्ठलाई पक्राउ गरेको छ ।
२० वर्षीय बोहरा र २३ वर्षीय श्रेष्ठका साथबाट हतियारसहित ३ थान मोवाईल, कतारी र चिनियाँ मुद्रा समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका दुबैलाई थप कारबाहीका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
देविका घर्ती मगर, दाङ
