समाचारशुक्रबार, फाल्गुण ९, २०७०
मधेशी दलबीच तत्काल एकता असंभवः यादव
मधेशी दलहरुबीच पार्टी एकीकरणको चर्चा भइरहेको बेला फोरम नेपालका अध्यक्ष यादवले तत्काल त्यो संभव नभएको टिप्पणी गरेका हुन् । रिपोर्टर्स क्लबले राजधानीमा ९ फागुनमा गरेको कार्यक्रममा उनले बाहिर हल्ला भएजस्तो तीन मधेशवादी दलहरुबीच तत्काल पार्टी एकता संभवन नभएको बताए ।
“तीन दलबीच एकीकरण गर्ने सहमति बाहेक कुनै पनि विषयमा छलफल पनि हुन सकेको छैन,” उनले भने, “छलफल नै अघि बढ्न नसकेको अवस्थामा तत्काल पार्टी एकीकरण सम्भव छैन ।” उनले पार्टी एकीकरण हुन एकीकृत पार्टीको सिद्धान्त, एकीकरणको लक्ष्य, मूलभूत राष्ट्रिय मुद्दालाई हेर्ने दृष्टिकोण र संगठनात्मक संरचनामा सहमति बन्नुपर्नेमा जोड दिए ।
उनले मुख्य विषयमा तीनदलबीच छलफल नै शुरु नभएको दावी गरे । कार्यदलले विभिन्न विकल्प सहितको रिपोर्ट मात्रै दिएको भन्दै उनले कसैलाई पनि अध्यक्ष–उपाध्यक्ष नबनाईसकेको बताए ।
“मन्त्रिपरिषदबाट मनोनित हुने २६ सभासदमा बढी भाग पाउन र कसैलाई सम्मानित गराउनकै लागि मात्र एकता हुन सक्दैन,” उनले भने ।

