समाचारशुक्रबार, फाल्गुण ९, २०७०
कांग्रेसले आज पनि मन्त्री छान्न सकेन
९ फागुनमा पार्टी मुख्यालय सानेपामा बसेका नेपाली कांग्रेस संसदीय समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ । बिहानै बसेको बैठकले नेपाली कांग्रेसका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको नाम टुंगो लगाउने अपेक्षा गरिएको थियो ।
नेकपा एमालेसँग गृहमन्त्रालय सम्बन्धमा विवाद भएपछि प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेसको भागमा परेका मन्त्रालयहरुमा मात्रै भए पनि नियुक्ति गरेर मन्त्रिपरिषद् विस्तार गर्ने इच्छा देखाएका थिए । तर, एकातिर गृहमन्त्रालयसम्बन्धमा एमालेसँग र पार्टीभित्रै पनि देउवापक्षसँग कुरा नमिल्दा उनी प्रधानमन्त्री भएको दुई हप्ता पुगिसक्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
भएका एकजना मन्त्री रामशरण महतको विभाग समेत तोकिएको छैन ।
