समाचारशुक्रबार, फाल्गुण ९, २०७०
आठ मेनपावर खारेज
श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागले मेनपावर कम्पनी खारेज गरेको हो । वैदेशिक रोजगार ऐन, २०६४ विपरितका काम गरेकाले ती मेनपारको इजाजत पत्र रद्द गरिएको विभागले जनाएको छ ।
विभागले ललितपुर पुल्चोकस्थित महाकाली ओभरसिज र ग्वार्कोस्थित वल्र्ड वाइड एशियन मेनपावरलाई खारेज गरेको जनाएको छ । यस्तै, काठमाडौं माइतीघरस्थित गालिभेन्ट मेनपावर, गोगंबुस्थित आस्था इन्टरनेशनल इम्प्लाइमेन्ट, थ्याङ्क्स इन्टरनेशनलको पनि इजाजत रद्द भएको छ ।
काठमाडौं–४ मा रहेको रेसुङ्गा इन्टरनेशनल, काठमाडौं–५ को अपरच्युनिटी म्यानपावर र टेन्जेन्ट इन्टरनेशनल रिक्रुटमेन्टको इजाजत पत्र रद्द गरेको विभागले जनाएको छ । विभागले ९ फागुनमा सार्वजनिक सूचना निकालेर ती मेनपावर कम्पनीबाट वैदेशिक रोजगार सम्बन्धी कुनै काम कारबाही नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

