थप समाचारशनिबार, फाल्गुण १०, २०७०
नवलपारसीमा दुर्घटनामा दुई जनाको मृत्यु
१० फागुन बिहान कावासोती– ५ स्थित कालिगण्डकी अस्पताल अगाडि ना ४ ख ५९ ५६ नम्वरको वसले पैदल यात्रीलाई ठक्कर दिदा शिवमन्दिर ३ का ३५ वर्षीय श्याम वहादुर कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
बसको ठक्करवाट घाइते भएका कुमालको उपचारका लागि भरतपुर लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी नवलपरासीकै प्रगतिनगर ३ मा ९ फागुन राति मिनी ट्रकको ठक्करवाट गम्भीर घाइते भएकी प्रगतिनगर ५ की स्वस्तिका थापाको उपचारको क्रममा १० फागुन विहान मृत्यु भएको छ ।
नाराणगढ वाट कावासोती तर्फ आउदै गरेको ना ४ ख ९६ ६९ नम्वरको मिनी ट्रकले ठक्कर दिदा घाईते थापाको उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
विद्रोही गिरी, नवलपरासी
